नेपाल बन्द र आमहड्ताल फिर्ताः सरकार र दुर्गा प्रसाई अभियानबीच सहमति

Logo
Popular News आइतबार, मंसिर ०८, २०८२

काठमाडौँ, ७ मंसिर । सरकार र दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान बीच आजका लागि घोषणा गरिएको नेपाल बन्द तथा अनिश्चितकालीन आमहड्ताल फिर्ता लिने सहमति भएको छ।
शनिबार बालुवाटारमा सरकार र महाअभियान नेपालका प्रतिनिधिबीच भएको वार्ताबाट उक्त सहमति बनेको हो। वार्तामा महाअभियानले पेश गरेको २७ बुँदे मागसम्बन्धी विस्तृत छलफल गरिएको थियो। त्यसैको आधारमा आजबाट सुरु हुने भनिएको नेपाल बन्द कार्यक्रम स्थगन गरिएको हो।

सरकारले वर्तमान शान्ति–सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै उठाइएका मुद्दाहरूको समाधानका लागि निरन्तर वार्ता, छलफल तथा सहजीकरण गर्दै जाने प्रतिबद्धता जनाएको छ।
वार्तामा महाअभियान तर्फबाट सचिव प्रेमदीप लिम्बु नेतृत्वको टोली सहभागी थियो। साथै अधिवक्ताद्वय विनोदमणि भट्टराई, लवण न्यौपाने र डा. नीराजन प्रसाईँ पनि उपस्थित थिए।

सरकार तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, सल्लाहकार गोविन्दनारायण तिमिल्सिनालगायत सहभागी थिए। वार्ताले महाअभियानको नेतृत्वसहित अर्को चरणको संवाद यथाशीघ्र गर्ने समझदारी पनि गरेको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800