रास्वपा सभापतिमा रवि र प्रधानमन्त्री उम्मेदवार बालेन रहने गरि ७ बुँदे सहमति

Logo
Popular News आइतबार, पुष १३, २०८२

इनरुवा, १३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच एउटै राजनीतिक दलमा आवद्ध भएर आगामी निर्वाचनमा अघि बढ्ने विषयमा ७ बुँदे सहमति भएको छ।

सार्वजनिक गरिएको सहमतिअनुसार रास्वपाको केन्द्रीय सभापतिमा रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह रहने उल्लेख छ। सहमतिपत्रमा रविले पार्टी नेतृत्व सम्हाल्ने र आगामी फागुन २१ पछि बन्ने सरकारका लागि बालेनलाई प्रधानमन्त्रीका रूपमा स्वीकार गर्ने कुरा उल्लेख गरिएको छ।

रवि लामिछाने र बालेनले हस्ताक्षर गरेको भनिएको सहमतिपत्रमा नेपालको समतामूलक र उन्नत विकास, सामाजिक न्यायसहितको उदार अर्थतन्त्र, र बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र सुशासन कायम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। आम नागरिकका आकांक्षा सम्बोधन गर्न सुसंस्कृत तथा परिवर्तनकामी राजनीतिक शक्तिहरूबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै दुवै पक्ष एकतामा जाने सहमतिमा पुगेको दाबी उल्लेख गरिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800