नेपाल नाट्य प्रतिष्ठान काेशीमा विक्रमश्रि

Logo
धीरेन्द्र नारायण मण्डल आइतबार, पुष २०, २०८२

इनरुवा, २० पुस । नेपाल नाट्य प्रतिष्ठानले विक्रमश्रिको अध्यक्षतामा कोशी प्रदेश समिति गठन गरेको छ ।

इटहरी मेट्रिक्समा शनिबार आयाेजित भेलाले ११ सदस्यीय ‘नेपाल नाट्य प्रतिष्ठान, कोशी प्रदेश’ समिति गठन गरेको हाे ।

समितिकाे उपाध्यक्षमा कविता नेपाल, सचिवमा वीरेन्द्र थोक्लीहाङ्ग, सहसचिवमा गोपाल कृति, कोषाध्यक्षमा जुनु बुढाथोकी (जीवन) चयन भएका छन् ।

समिति सदस्यहरूमा विजय सुब्बा, भरत बर्वरिक, दिपेन्द्र सिंह, तुलसी घिमिरे, डा. देवी क्षेत्री दुलाल र पानस गुरुङरहेका छन् ।

नेपाल नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष प्रा.डा. रामचन्द्र पोखरेलको प्रमुख आतिथ्यमा भएको भेलामा कोशी प्रदेशका ६ जिल्लाका प्रतिनिधि रंगकर्मीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800