इनरुवा, १० माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सुनसरी क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार लालविक्रम थापाविरुद्ध परेको उजुरी खारेज गरिएको छ।
मंगलबार मनोनयन दर्ता गराएका थापाविरुद्ध बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको थियो। स्वतन्त्र उम्मेदवार सत्यनारायण पण्डितले इनरुवास्थित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन्।
उजुरीमा थापाले इटहरी–९ स्थित जनता माध्यमिक विद्यालयलाई ७४ लाख रुपैयाँभन्दा बढी रकम तिर्न बाँकी रहेको तथा लेखा परीक्षणमा पनि बक्यौता देखिएको दाबी गरिएको थियो।
तर बिहीबार भएको सुनुवाइपछि उजुरी पुष्टि हुने पर्याप्त प्रमाण नपुगेको ठहर गर्दै खारेज गरिएको सुनसरी क्षेत्र नं. २ का सहायक निर्वाचन अधिकृत अरुण मेहेताले जानकारी दिए। उजुरी खारेज भएसँगै थापाको उम्मेदवारी मनोनयन सदर भएको छ।
थापा यसअघि सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेदवार रहेका थिए।