राइजिङ इनरुवा युथ क्लबद्वारा क्याम्पस पुस्तकालयलाई पुस्तक सहयोग

Logo
Popular News सोमबार, माघ १३, २०८२

इनरुवा, १२ माघ । सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै राइजिङ इनरुवा युथ क्लबले सुनसरी बहुमुखी क्याम्पसको पुस्तकालयका लागि विभिन्न विधाका उपयोगी पुस्तकहरू सहयोगस्वरूप प्रदान गरेको छ।

क्याम्पस परिसरमा आयोजित एक कार्यक्रममा क्लबका अध्यक्ष महेश्वर शाहले पुस्तकालयका लागि अध्ययन–अध्यापनमा सहयोग पुग्ने खालका पुस्तकहरू हस्तान्तरण गरिएको जानकारी दिए । उहाँले विद्यार्थीहरूको शैक्षिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले यो सहयोग गरिएको बताए ।

कार्यक्रममा क्लबका सल्लाहकार लालबहादुर पण्डितसहित पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो। सो अवसरमा क्याम्पस प्रशासनले पुस्तक सहयोगले शैक्षिक वातावरण थप सुदृढ हुने विश्वास व्यक्त गर्दै राइजिङ इनरुवा युथ क्लबप्रति आभार व्यक्त गरेको छ।

क्लबले आगामी दिनहरूमा शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवासम्बन्धी कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800