दिलिपचन साहुद्वारा जसपा नेपाल परित्याग

Logo
Popular News मंगलबार, माघ १४, २०८२

इनरुवा, १३ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश राष्ट्रिय समितिका मुख्यसचिव दिलिप साहले पार्टी परित्याग गरेका छन्।

मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै साहले आफ्नो क्षमता, योग्यता र मेहनत हुँदाहुँदै पनि लक्ष्य हासिल गर्ने वातावरण नदेखिएकाले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको जानकारी दिएका हुन्।

पार्टीमा रहँदा आफूलाई साथ, सहयोग र समर्थन गर्ने सबैप्रति आभार व्यक्त गर्दै उनले धन्यवाद ज्ञापन गरेका छन्।

साहले अबको आफ्नो राजनीतिक यात्रा जेन–जी युवाहरू तथा आम नेपाली जनताको चाहनाअनुसार अघि बढाउने बताएका छन्। तर उनले हाल कुन पार्टीमा प्रवेश गर्ने भन्ने विषयमा भने केही खुलाएका छैनन्।

साहले २०७९ सालको स्थानीय तह निर्वाचनमा जसपा नेपालको तर्फबाट इनरुवा नगरपालिकाको नगरप्रमुख पदका उम्मेदवार थिए, जहाँ उनी पराजित भएका थिए ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800