इनरुवा, २४ फागुन । सुनसरी निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार लालविक्रम थापा निर्वाचित भएका छन् ।
थापाले ५७ हजार ३४८ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजीव कोइरालालाई ४१ हजार २७७ मतान्तरले पराजित गरेका हुन् । कोइरालाले १६ हजार ७१ मत प्राप्त गरेका छन् ।
यस्तै नेकपा एमालेका उम्मेदवार जगदीश कुसियैतले ८ हजार ३०३ मत प्राप्त गरेका छन् ।