काठमाण्डौं, ११ चैत्र । नेपाली सांगीतिक क्षेत्रमा नयाँ लोक शैलीको गीत ‘मायाको डोरी’ सार्वजनिक भएको छ । चर्चित गायिका मेलिना राई र गायक गोपाल नेपाल जीएम को स्वरमा सजिएको यो गीतले प्रेमभावलाई मौलिक शैलीमा प्रस्तुत गरेको छ।
गीतमा शब्द रचना नरेश एमसी ले गरेका छन् भने संगीत संयोजन राजु आर्याल को रहेको छ। अडियो तथा भिडियो ‘नरेश एमसी अफिसियल’ मार्फत सार्वजनिक गरिएको हो।
यस गीतलाई केशव बडु ले एरेन्ज गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ कुमार राना ले गरेका छन्। मौलिक ढाँचामा तयार गरिएको गीतमा सहरमा रहेका मायालु जोडी र गाउँमा रहेका प्रेमी–प्रेमिकाबीचको भावनात्मक सम्बन्धलाई चित्रण गरिएको छ।
भिडियोतर्फ दीपक गिरी को छायांकन, नवीन घर्ती मगर को सम्पादन तथा कोरियोग्राफी, र निर्देशन मुकेश नेपाली ले गरेका छन्। अभिनयमा नरेश एमसी र डेबिका कार्की देख्न सकिन्छ।