पूर्व प्रदेश सांसद राई सम्मानित

Logo
Popular News आइतबार, फाल्गुण २०, २०८०

विराटनगर, २० फागुन । पूर्व प्रदेश सांसद सूयर्माराज राई नझरेका फूलहरु पलेँटी साँझद्वारा सम्मानित भएका छन् ।

उनलाई मोरङको विराटचोकमा शनिबार आयोजित कार्यक्रममा लुकेको प्रतिभाको रुपमा सम्मानित गरिएको हो । राई गीतकार र कवि पनि हुन् । नेपाली कला, साहित्य सङ्गीतका क्षेत्रमा बहुचर्चित गीत, अब्बल कविता र अनेकन् विधामा साहित्यिक रचनाहरुका माध्यमबाट राईले अतुलनीय योगदान दिएको आयोजकको दाबी छ ।

सकारात्मक सोच र सामाजिक सेवाका लागि निरन्तर सक्रिय भई समाज रुपान्तर र सांस्कृतिक जागरणमा पनि राईले भूमिका खेलेको आयोजकले भनाईछ ।

उनलाई ब्रिटिस गोर्खा धरानको पेइङ अफिसका कार्यकारी अधिकृत लक्ष्मी मादेन, भानु साझा पुस्तकालयका अध्यक्ष पुरन राई, युवा समाजसेवी दुष्यन्त भट्टराई र नझरेका फूलहरु पलेँटी साँझका परिकल्पना, व्यवस्थापन र प्रस्तोतासमेत रहेका केपी घिमिरेले सम्मान गरेका हुन् ।

राईले विद्यालय अध्ययनकै बेलादेखि कविता लेखन सुरु गरेका थिए । २०५८ सालमै पूर्वाञ्चलस्तरीय कवि गोष्ठीमा उत्कृष्ट पुरस्कार प्राप्त गरेका राईको ‘रीति’ नामक गीति एल्बम् पनि प्रकाशन भएको छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

छिटै आउदै छ

सम्पर्क

025-566800