महिला कबड्डी प्रतियोगिता बैशाख २६ देखि इनरुवामा, प्रथम विजेता टोलीलाई १ लाख पुरस्कार

Logo
Popular News शनिबार, बैशाख ०५, २०८३

इनरुवा, ५ बैशाख । सुनसरीको इनरुवामा राष्ट्रिय स्तरको महिला कबड्डी प्रतियोगिता आयोजना हुने भएको छ। सुनसरी जिल्ला खेलकुद क्लबको आयोजनामा “प्रथम कोशीटप्पु राष्ट्रिय महिला खुल्ला कबड्डी प्रतियोगिता” सञ्चालन हुन लागेको हो।

प्रतियोगितामा देशका सातै प्रदेशका टोलीहरूसँगै तीन विभागीय टिम गरी जम्मा १० टोलीको सहभागिता रहने आयोजक तरुण यादवले जानकारी दिए।

उनका अनुसार प्रतियोगिता बैशाख २६ गतेदेखि ३० गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम हुने टोलीले १ लाख रुपैयाँ, दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ तथा तेस्रो हुने दुई टोलीले जनही २५र२५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। साथै विजेता टोलीहरूलाई ट्रफी र मेडल पनि प्रदान गरिनेछ।

यस प्रतियोगिताले महिला खेलाडीहरूको प्रतिभा उजागर गर्न तथा कबड्डी खेलको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको आयोजकको भनाइ छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800