कप्तानगञ्ज गोलीकाण्डका घाइतेसँग स्वास्थ्यमन्त्रीको भेट, उपचारमा कुनै कमी हुन नदिन निर्देशन

Logo
Popular News मंगलबार, साउन १२, २०८३

विराटनगर, १२ साउन। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर घाइते भएकाहरूलाई कोशी प्रदेशकी स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता ले मंगलबार विराटनगरस्थित अस्पताल पुगेर भेट गरेकी छन्।

घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै मन्त्री मेहताले उपचारमा कुनै पनि प्रकारको कमी हुन नदिन अस्पताल प्रशासनलाई निर्देशन दिएकी हुन्। उनले घाइतेहरूलाई आवश्यक सबै स्वास्थ्य सेवा प्रभावकारी रूपमा उपलब्ध गराउन आग्रह गरिन्।

देवानगञ्ज घटनामा प्रहरीको गोली लागेर घाइते भएका व्यक्तिहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मन्त्री मेहताले घाइतेहरूको उपचार खर्च सरकारले व्यहोर्ने जानकारी दिँदै उपचार प्रक्रियामा कुनै अवरोध आउन नदिने प्रतिबद्धता व्यक्त गरिन्।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800