कप्तानगञ्ज गोलीकाण्ड : ओमप्रकाश र जयप्रकाशको आज अन्तिम संस्कार गरिने

Logo
Popular News शुक्रबार, साउन १५, २०८३

इनरुवा, १५ साउन। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्डमा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको आज (शुक्रबार) अन्तिम संस्कार गरिने भएको छ।

बिहीबार राति गृहमन्त्री सुदन गुरुङ र पीडित परिवारबीच भएको सम्झौताअनुसार शुक्रबार दिउँसो २ बजे दुवै मृतकको अन्तिम संस्कार गरिने सहमति भएको हो।

सम्झौताअनुसार नेपाल सरकारले मृतकद्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाउने, प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने तथा घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि कानुनी कारबाही अघि बढाइने उल्लेख गरिएको छ।

त्यसैगरी, मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल सुरु गर्ने, मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाबारे गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव र सिफारिस तत्काल कार्यान्वयन गर्ने तथा मृतकद्वयको सम्झनामा गाउँपालिकाको उपयुक्त स्थानमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने सहमति पनि भएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800