जिल्ला प्रशासन कार्यालय सुनसरीले बिदाको दिनमा समेत राष्ट्रिय परिचयपत्रको सेवा दिने

Logo
Popular News मंगलबार, भाद्र ३०, २०८३

इनरुवा, ३० भदौ । जिल्ला प्रशासन कार्यालय सुनसरीले सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गर्दै बिदाको दिनमा समेत राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सञ्चालन गर्ने भएको छ।

राष्ट्रिय परिचयपत्र बनाउन तथा यससँग सम्बन्धित सेवा लिन दैनिक रूपमा कार्यालयमा आउने सेवाग्राहीको संख्या बढ्दै गएको र कार्यालयमा उपस्थित भएकै दिन सेवा लिन नसक्ने अवस्था देखिएपछि सेवाग्राहीको सहजताका लागि सेवा दिने दिन र समय थप गरिएको प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार आगामी असोज १ गतेदेखि अर्को सूचना जारी नभएसम्म नियमित कार्यालय खुलेका दिनका अतिरिक्त बिदाको दिनमा समेत राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सञ्चालन हुनेछ।

नयाँ व्यवस्थाअनुसार राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्ने, विवरण संशोधन गर्ने, राष्ट्रिय परिचयपत्र कार्ड वितरण गर्ने तथा यससँग सम्बन्धित अन्य सोधपुछ र आवश्यक सेवा उपलब्ध गराइनेछ।

कार्यालय खुलेका दिनमा बिहान ६ः३० बजेदेखि बेलुका ५ः०० बजेसम्म राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सञ्चालन हुनेछ। त्यस्तै, बिदाको दिन बिहान ९ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म सेवा उपलब्ध हुने प्रशासनले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800