इनरुवा, ३० भदौ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ स्थित जनता चोकमा सिटी सफारी र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
राजमार्गअन्तर्गत जनता चोकमा सिटी सफारी र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।
दुर्घटनामा घाइते भएका तीन जनालाई उपचारका लागि अस्पताल लगिएको छ। उनीहरूको अवस्था र दुर्घटनाको विस्तृत विवरण खुल्न बाँकी रहेको जनाइएको छ।