इनरुवा, ३१ भदौ । लायन्स क्लब विराटनगर बरगाछीले हरिनगर गाउँपालिकाको स्वास्थ्य सेवामा सहयोग पुर्याउने उद्देश्यले विभिन्न मेडिकल उपकरण तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।
क्लबले सामाजिक तथा मानवीय सेवाअन्तर्गत बायोकेमिस्ट्री एनालाइजर १ थान, CLIA १ थान र Mispa i3 Protein Analyser १ थान हरिनगर गाउँपालिकालाई हस्तान्तरण गरेको हो।
स्वास्थ्य परीक्षण तथा रोग पहिचानमा प्रयोग हुने यी उपकरण उपलब्ध भएपछि स्थानीय नागरिकलाई स्वास्थ्य परीक्षणका लागि सहज हुने अपेक्षा गरिएको छ।
लायन्स क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा तथा मानवीय सेवाका क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ।