कांग्रेसको १५औँ महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गते उद्घाटन हुने

Logo
Popular News मंगलबार, आश्विन १३, २०८३

इनरुवा, १३ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन दुई दिन पर सरेको छ। यसअघि असोज १६ गतेदेखि सुरु गर्ने तय भएको महाधिवेशन अब असोज १८ गतेदेखि हुने भएको हो।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले मंगलबार विज्ञप्ति जारी गर्दै महाधिवेशन दुई दिन सारिएको जानकारी दिएका हुन्।

विज्ञप्तिअनुसार महाधिवेशनको उद्घाटन असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुनेछ।

विज्ञप्तिमा १५औँ महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसकेको तथा प्रदेश सभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सञ्चालन भइरहेको उल्लेख छ।

देशका विभिन्न स्थानमा जारी अविरल वर्षाका कारण सिर्जना भएको प्रतिकूल परिस्थितिका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अझै जारी रहेको जानकारी निर्वाचन समिति तथा पार्टीका तहगत कार्यसमितिबाट प्राप्त भएको कांग्रेसले जनाएको छ।

सोही अवस्थालाई ध्यानमा राख्दै महाधिवेशनको मिति दुई दिन सार्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800