इनरुवामा काउली बोकेको ट्रकबाट २ हजार ४९० किलो गाँजा बरामद, चालक र सहचालक पक्राउ

Logo
Popular News सोमबार, आश्विन १९, २०८३

इनरुवा ,१९ असोज । तरकारी ढुवानीको आवरणमा ठूलो परिमाणमा गाँजा ओसारपसार भइरहेको अवस्थामा प्रहरीले सुनसरीको इनरुवाबाट दुई जनालाई पक्राउ गरेको छ।

इनरुवा नगरपालिका–३ स्थित सखुवागाछी चोकमा सोमबार राति गरिएको चेकजाँचका क्रममा काउली बोकेको ट्रकबाट अन्दाजी २ हजार ४९० किलो गाँजा बरामद भएको हो। प्रहरीले ना ७ ख १८२५ नम्बरको ट्रकबाट ८३ बोरा गाँजा फेला पारेको जनाएको छ। बरामद गाँजाको वास्तविक परिमाण तौलपछि मात्र यकिन हुने प्रहरीले जनाएको छ।

सुनसरी प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार सोमबार बिहान करिब १२ः४५ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ट्रक रोकेर जाँच गर्ने क्रममा काउलीको बीचमा लुकाएर राखिएको अवस्थामा गाँजा फेला परेको हो।

ट्रकका चालक धनकुटाको सहिदभूमि गाउँपालिका–२ का ३३ वर्षीय राजु राई र सहचालक सोही ठाउँका १८ वर्षीय सदीप राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तरकारी ढुवानीको आवरणमा गाँजा ओसारपसार भइरहेको खुलेपछि प्रहरीले ट्रकसमेत नियन्त्रणमा लिएको छ। बरामद गाँजा, ट्रक र पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक ओलीले जानकारी दिए।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800