गगन थापाले लिए सभापतिको शपथ, गल्ती गरे पदबाट हटाउन पार्टी पङ्क्तिलाई आग्रह

Logo
Popular News शनिबार, कार्तिक ०१, २०८३

इनरुवा, ३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कुनै पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै आफूबाट गल्ती भए नेतृत्वबाट हटाउन पार्टी पङ्क्तिलाई आग्रह गरेका छन्।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार आयोजित समारोहमा सभापति थापाले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाले शुक्रबार सम्पन्न मतगणनामा प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गरेका थिए। शपथग्रहणपछि उनले पार्टी केन्द्रीय कार्यालयमा पदबहाली गर्ने कार्यक्रम रहेको थियो।

शपथग्रहण समारोहलाई सम्बोधन गर्दै सभापति थापाले कुनै पनि व्यक्तिको व्यक्तिगत कमजोरी वा गलत प्रवृत्तिको भारी पार्टीले बोक्न नसक्ने बताएका छन्। उनले पार्टीको प्रतिष्ठा, विश्वसनीयता र सिद्धान्तभन्दा माथि कुनै व्यक्ति हुन नसक्नेमा जोड दिए।

सभापति थापाले आफ्नो व्यक्तिगत, पारिवारिक तथा आर्थिक जीवनका हरेक पक्षमा सचेत र जिम्मेवार रहने प्रतिबद्धतासमेत व्यक्त गरे। नेतृत्वमा रहँदा आफूबाट कुनै गल्ती भए त्यसलाई सच्याउन र आवश्यक परे आफूलाई सभापति पदबाट अलग गर्न पार्टी पङ्क्ति पछि हट्न नहुने उनको भनाइ थियो।

उनको अभिव्यक्तिले पार्टीभित्र नैतिक जिम्मेवारी, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिने सन्देश दिएको छ। नयाँ नेतृत्वसँगै नेपाली कांग्रेसलाई थप जिम्मेवार, पारदर्शी र जनउत्तरदायी बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800