इनरुवा, ३ कार्तिक । सुनसरीको इनरुवा गोलचोकमा गएराति मोटरसाइकल र सिटी सफारी एकआपसमा ठोक्किँदा प्रहरी जवान र वरिष्ठ हवल्दारसहित ६ जना घाइते भएका छन्।
सुनसरी प्रहरीले दिएको जानकारीअनुसार दुर्घटनामा जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी जवान दिनेश परियार र वरिष्ठ हवल्दार तेजबहादुर खड्का घाइते भएका छन्। घाइतेमध्ये वरिष्ठ हवल्दार खड्काको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा सिटी सफारीमा सवार ७ वर्षका बालकसहित अन्य चार जना पनि घाइते भएका छन्। उनीहरू सबैको उपचार भइरहेको प्रहरीले जनाएको छ।