प्रधानमन्त्री बालेन शाहद्वारा एनपीएलको तेस्रो संस्करण उद्घाटन

Logo
Popular News सोमबार, कार्तिक १०, २०८३

काठमाडौं, ९ कात्तिक। नेपाली क्रिकेटको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारदेखि सुरु भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सुरु भएको प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गरेका हुन्।

प्रधानमन्त्री शाहले मैदानमा पुगेर बल अम्पायरलाई हस्तान्तरण गरेसँगै प्रतियोगिताको औपचारिक सुरुवात भएको हो।

प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ। उद्घाटन समारोहमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, क्यानका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो।

एनपीएल नेपाली क्रिकेटको प्रमुख फ्रेन्चाइज प्रतियोगिताका रूपमा सञ्चालन हुँदै आएको छ। प्रतियोगिताले नेपाली क्रिकेटको विकास, खेलाडीको प्रतिभा प्रदर्शन तथा घरेलु क्रिकेटप्रति दर्शकको आकर्षण बढाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800