उदयपुरमा माइक्रो बस दुर्घटना, चालकसहित १० जना घाइते, एक बालिका सकुशल

Logo
Popular News मंगलबार, कार्तिक २५, २०८३

इनरुवा,२४ कात्तिक । उदयपुरको त्रियुगा नगरपालिका–१३ बहेर्वा चोकस्थित मदन भण्डारी लोकमार्गमा माइक्रो बस दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन्। दुर्घटनामा सवार एक बालिका भने सकुशल रहेकी छन्।

मंगलबार दिउँसो बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ज ४६२१ नम्बरको माइक्रो बस अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको हो।

काठमाडौँ महानगरपालिका–३२ निवासी ४२ वर्षीय कृष्ण केसीले चलाएको माइक्रो बसमा चालकसहित ११ जना सवार थिए। दुर्घटनामा चालक केसीसहित १० जना घाइते भएका हुन्।

घाइते हुनेमा झापाकी ४० वर्षीया रेणुका प्रसाई र उनका १४ वर्षीय छोरा नैन प्रसाई, मोरङकी ५० वर्षीया निलकुमारी लम्साल, सुनसरीकी ४३ वर्षीया मुना ढकाल, उदयपुरका ३८ वर्षीय प्रवीण तामाङ, मोरङका ७० वर्षीय अमृतबहादुर खड्का, सुनसरीकी ३७ वर्षीया रञ्जिता गौतम, उदयपुरकी २५ वर्षीया जमुना परियार विक र उनका ९ वर्षीय छोरा अंकित विक रहेका छन्।

त्यस्तै, माइक्रो बस चालक कृष्ण केसी पनि घाइते भएका छन्। रेणुका प्रसाईकी १० वर्षीया छोरी निरुसा प्रसाई भने दुर्घटनामा सकुशल रहेकी छन्।

प्रहरीका अनुसार घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800