छठ पर्वको अवसरमा कोशी गाउँपालिकामा ‘छठ स्पेशल रिल च्याम्पियन–२०८३’ प्रतियोगिता आयोजना हुने

Logo
Popular News मंगलबार, कार्तिक २५, २०८३

इनरुवा, २४ कात्तिक । छठ पर्वको अवसर पारेर सुनसरीको कोशी गाउँपालिका–३ मा ‘छठ स्पेशल रिल च्याम्पियन–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ।

कोशी समुदाय युवा क्लबको आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा कोशी गाउँपालिकाभित्रका महिला तथा पुरुषले सहभागिता जनाउन सक्नेछन्। प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिले कात्तिक १६ गतेदेखि कात्तिक २८ गतेसम्म आफ्नो रिल दर्ता गराउन सक्ने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन ५० रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ। प्रतियोगिताका विजेताको छनोट सामाजिक सञ्जालमा प्राप्त हुने लाइक, शेयर र भ्युजका आधारमा गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा उत्कृष्ट रिल प्रस्तुत गर्ने सहभागीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ। जसअन्तर्गत उत्कृष्ट सिंगल रिल र उत्कृष्ट पारिवारिक रिललाई विशेष पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगितामा सहभागी हुने सबैको सिर्जनात्मक क्षमता, प्रतिभा र कलालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको क्लबले जनाएको छ।

प्रतियोगिताका विजेता तथा सहभागीलाई पुरस्कार वितरण कोशी गाउँपालिकामा आयोजना हुने ‘छठ दोस्रो विशेष सांस्कृतिक कार्यक्रम–२०८३’ को मञ्चबाट गरिने आयोजकले जनाएको छ।

प्रतियोगितासम्बन्धी थप जानकारी तथा दर्ताका लागि आयोजकले ९८६१८८६८३४ नम्बरको ह्वाट्सएप तथा [email protected] इमेलमार्फत सम्पर्क गर्न आग्रह गरेको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800