प्रधानमन्त्री बालेन शाह दुईदिने औपचारिक भ्रमणका लागि आज भारतको नयाँदिल्ली जाँदै

Logo
Popular News आइतबार, मंसिर ०७, २०८३

इनरुवा, ६ कार्तिक । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) दुईदिने औपचारिक भ्रमणका लागि आज भारतको राजधानी नयाँदिल्ली जाँदै हुनुहुन्छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उहाँ भारत भ्रमणमा जान लाग्नुभएको हो। प्रधानमन्त्री बनेपछि बालेनको यो पहिलो विदेश राजकीय भ्रमण हो।

प्रधानमन्त्री शाह आइतबार दिउँसो १ बजेर ४५ मिनेटमा नेपाल एयरलाइन्सको नियमित उडानमार्फत भारत प्रस्थान गर्नुहुनेछ। उहाँलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम छ।

नेपाली दूतावासका प्रवक्ता जोशीका अनुसार प्रधानमन्त्री शाह आइतबार दिउँसो ३ बजेर ४५ मिनेटमा दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुहुनेछ।

विमानस्थलबाट प्रधानमन्त्री शाह सिधै नयाँदिल्लीस्थित होटल ताज मानसिंह जानुहुनेछ। आइतबार साँझ ६ बजे सोही होटलमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री शाहको भ्रमणलाई लक्षित गर्दै भारतीय राजधानी नयाँदिल्लीमा स्वागतको तयारी गरिएको छ। भ्रमणको पूर्वसन्ध्यामा दिल्लीका विभिन्न स्थानमा नेपाल र भारतका राष्ट्रिय झण्डासमेत फहराइएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800