हरिनगर–४ का जनप्रतिनिधिको माग : गाउँपालिकाको प्रशासनिक भवनमै भूमि प्रशासन शाखा सञ्चालन गरियोस्

Logo
Popular News आइतबार, मंसिर ०७, २०८३

इनरुवा, ६ कार्तिक । सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर ४ का जनप्रतिनिधिहरूले गाउँपालिकाको प्रशासनिक भवनमा भूमि प्रशासन शाखा कार्यालय सञ्चालन गर्न माग गरेका छन्।

नेपाल सरकारको ‘एक स्थानीय तह, एक भूमि प्रशासन शाखा’ अवधारणाअनुसार हरिनगर गाउँपालिका वडा नम्बर ४ मा भूमि प्रशासन शाखा स्थापनाका लागि ०–२–० जग्गा उपलब्ध भए पनि हालसम्म उक्त जग्गामा कार्यालय भवन निर्माण हुन सकेको छैन।

भवन निर्माण हुन नसकेको अवस्थामा भूमि प्रशासन शाखाको सेवा सञ्चालनमा अवरोध नहोस् भन्दै भवन निर्माण सम्पन्न नहुन्जेल गाउँपालिकाको प्रशासनिक भवनमै शाखा कार्यालय सञ्चालन गर्न वडा नम्बर ४ का जनप्रतिनिधिहरूले आग्रह गरेका छन्।

गाउँपालिकाको गाउँकार्यपालिकाको कार्यालयलाई सम्बोधन गरी पठाइएको अनुरोधपत्रमा भूमि प्रशासन शाखा गाउँपालिकाको प्रशासनिक भवनबाहेक अन्य कुनै स्थानमा सञ्चालन गर्ने प्रयास गरिए वडा नम्बर ४ का पदाधिकारीहरूको असहमति रहने उल्लेख गरिएको छ।

स्थानीय नागरिकलाई भूमि प्रशासनसम्बन्धी सेवा सहज, सुलभ र प्रभावकारी रूपमा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाको प्रशासनिक भवनमै शाखा कार्यालय सञ्चालन गर्न माग गरिएको हो।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800