आज रामनवमी, रामधुनी मन्दिरमा पूजापाठ गर्नेहरुको घुईचो

Logo
Popular News बुधबार, बैशाख ०५, २०८१

इनरुवा, ५ वैशाखं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी आज मनाइँदैछ ।

असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमीका अवसरमा सरकारले देशभर आजस ार्वजनिक बिदा दिएको छ ।
रामनवमीका दिन श्रीरामको व्रत, उपवास गरी पूजा, आराधना गर्नाले सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।

त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको जेठो छोरोको रुपमा विष्णुको अवतार लिएर रामको जन्म भएको धर्मग्रन्थमा उल्लेख छ ।

रामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेको र दुष्टहरुको संहार गरेको वाल्मिकीय रामायणमा पढ्न पाइन्छ ।
देशभरका राम मन्दिरहरुमा रामनवमीको दिन पूजापाठ गरिन्छ । जनकपुरस्थित रामजानकीको मन्दिरमा पनि पूजा गर्नेहरुको घुइँचो छ ।

सुनसरीको रामधुनी मंन्दिरमा आज विहानै देखि पूजापाठ गर्नेको भिड छ । सुनसरीको धार्मिक पर्यटकीय स्थल रामधुनी जहाँ भगवान राम १४ वर्ष वनवासको क्रममा बालिएको धुनी अहिले पनि बलिरहेको छ । आज रामनवमीको अवसरमा भक्त्तजनहरु श्रद्धापूर्वक पूजाआरधना गर्दा मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

छिटै आउदै छ

सम्पर्क

025-566800