बैशाख १२ मा इनरुवा खानेपानीको निर्वाचन, दलगत दुई प्यानलको प्रतिस्पर्धा

Logo
Popular News शनिबार, बैशाख ०८, २०८१

इनरुवा, ८ बैशाख । इनरुवा खानेपानी उपभोक्ता संस्थाको मुल समितिको निर्वाचन बैशाख १२ गते तोकिएको छ । खानेपानी निर्वाचनमा तीन जना अध्यक्ष सहित विभिन्न पदमा २७ जना उम्मेदवारहरुले प्रतिस्पर्धा गर्ने भएको छ ।

मुख्य निर्वाचन अधिकृत सुकदेव मेहताद्धारा हस्ताक्षरित उम्मेदवारको अन्तिम नामावली प्रकासित सूचना अनुसार अध्यक्ष पदका लागी दाताराम पोखरेल, भेषराज पोखरेल र दिनेस कुमार सुवेदीले प्रतिस्पर्धा गर्दैछ । उपाध्यक्षका लागी रामलखन मेहता र महेश कुमार श्रेष्ठ, सचिव पदका लागि भुपाल प्रसाद तिम्सिना र विनोद खनाल, सहसचिव पदका लागि तुलसा दाहाल र जियालाल मेहताले विच प्रतिस्पर्धा हुनेछ । त्यस्तै कोषाध्यक्षका लागि शम्भु ठाकुर र गुणराज सुवेदी विच प्रतिस्पर्धा हुनेछ ।

खुल्ला सदस्यका लागी बावुराम घिमिरे, पशुपती दाहाल, अमिरीलाल यादव, राम प्रसाद सापकोटा, राम बहादुर कटुवाल, प्रमोद कुमार देवको उम्मेदवारी कायम छ भने महिला सदस्यका लागि अनुदेवी आले, उमाकुमारी चापागाई, शिलादेवी पाठक, विमला देवी उराँव, राधादेवी पौडयाल, आशा मोते, लिला दाहाल, लक्ष्मी मेहता, सुमि राना मगर र सुनिता ढुगेल गरी १० जनाको उम्मेदवारी कायम छ ।

निर्वाचनमा एमाले र काग्रेसले विभिन्न दल संग समन्वय गरि छुटा छुटै प्यानल बनाएको छ । जनता समाजवादी पार्टीका नेता दिलिपचन साहुका अनुसार एमाले, रास्वपा, जसपा, लोसपा र एकिकृत समाजवादीको एउटा प्यानल बनेको छ भने काग्रेस, माओवादी केन्द्र र राप्रपाको छुटै प्यानल बनेको छ ।
एमाले प्यानलले दाताराम पोखेललाई अध्यक्ष सहितको प्यानल बनाएको छ । उनको प्यानलमा उपाध्यक्षमा रामलखन मेहता, सचिवमा भुपाल तिम्सिना, सहसचिवमा तुलसा दाहल, कोषाध्यक्षमा शम्भु ठाकुर रहेका छन । उनीहरुले स्वच्छ खानेपानी सहज रुपमा पुर्याउने प्रतिवद्धता गरिरहेका छन ।

त्यस्तै काग्रेस सहितको दलले बृहत्त लोकतान्त्रीक प्रगतिशिल प्यानल बनाएर प्रतिस्पर्धा गरिरहको छ । जसमा अध्यक्षमा दिनेस सुवेदी, उपाध्यक्षमा महेश कुमार श्रेष्ठ, सचिवमा विनोद खनाल, सहसचिवमा जियालाल मेहता, कोषाध्यक्षमा गुणराज सुवेदी रहेका छन ।यो प्यानलले १३ बँुदे प्रतिबधता नै जारी गरेर निर्वाचनमा होमिएको छ ।

इनरुवा खानेपानी निर्वाचनमा १३३ जना मतदाता रहेको मुख्य निर्वाचन अधिकृत सुकदेव मेहताले बताए । स्रोतका अनुसार काग्रेस सहितको प्यानल पक्षका ६३ जना र एमाले सहितका प्यानल पक्षधर ७० जना मतदाता रहेको छ । तर अन्तर कलह र भोटक्रस हुने सम्भवना भएकोले दुवै प्यानल विच प्रतिस्पर्धा काडा हुने अवस्था रहेको एक उम्मेदवारले जानकारी दिए । अर्का अध्यक्ष पदका प्रत्यार्सी भेषराज पोखरेल हुन । उनी एमाले सम्बद्ध भएकोले मतदानमा केही प्रभाव पार्ने अडकल गरिएको छ ।

इनरुवा खानेपानी उपभोक्ता संस्थाको विधान अनुसार अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, सहसचिव १, कोषाध्यक्ष १, खुल्ला सदस्य ३ र महिला सदस्य ५ गरि १३ जनाको मुल समितिका लागि निर्वाचन हुदैछ ।

प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

छिटै आउदै छ

सम्पर्क

025-566800