

इनरुवा, २३ बैशाख । इनरुवा नगर शैक्षिक सुधार अभियानले इनरुवा नगरपलिकाका प्रमुख केदार भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । नगर प्रमुख भण्डारीलाई अभियानका संयोजक दिलिपचन साहु नेतृत्वको अभिभावक तथा अभियानकर्मीहरुले ध्यानाकर्षण पत्र बुझाएका हुन ।
इनरुवा नगरपालिकाका ३० सामुदायिक विद्यालय र ४५ बढी नीति विद्यालयको शिक्षा सुधारको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको साहुले जानकारी दिए ।
साहुले ध्यानाकर्षण गराएको वुदाहरुमा विगतमा बुझाएको ज्ञापन पत्र , माग पत्र र सुझाव पत्रको पूर्ण कार्यान्वयन गर्नुपर्ने, कक्षा ८ को गैरकानुनी चार वटा विषयको ग्रेड वृद्धि परीक्षाको विषयमा छानविन गर्नुपर्ने, पाठ्पुस्तक समयमा वितरण नगर्ने विद्यालयलाई कार्वाहीको दायरामा ल्याउनुपर्ने, खाजामा भईरहेको अनियमितताको विषयमा छानविन गरि कार्वाही गर्नुपर्ने, खाजाका लागि आएको बजेट शिक्षक र समितिलाई थाहा नदिने गरेकोले त्यसमा पारदर्शिता ल्याउनुपर्ने माग गरिएको बताए ।
इनरुवा नगरपालिकाको शिक्षाको बेथितिमा सुधार, शैक्षिक गुणस्तरका बारेमा सार्थक र सकारात्मक प्रयास नगरेको गुनासो गरेका थिए । यस्तै अभियानको क्रममा शिक्षाको सुधारका लागि सरकारी नीति, ऐन, कानुन र संविधानमा भएको व्यवस्थालाई मात्रै कार्यान्वयनको कुरा उठाएको सहभागी देवकृष्ण मेहताले बताए । मेहताले पटक पटक बुझाएको ८ बुदे, १९ वुदे र ३९ बुदे मागहरुको सम्बोधनका लागि एक हस्ताकोे समय सीमा सहितको ध्यानाकर्षण पत्र बुझाएको जानकारी दिए ।
ध्यानाकर्षण पत्र बुझदै मेयर भण्डारीले शैक्षिक गुणस्तरीयताको लागि प्रतिबध रहेको जवाफ दिएका थिए ।
WordPress database error: [Can't create/write to file '/tmp/#sql_472_0.MAI' (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `wit_postmeta`