बागमतीमा तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषा

Logo
Popular News सोमबार, बैशाख २४, २०८१

काठमाडौं, २४ वैशाख । बागमती प्रदेशमा तामाङ र नेपाल भाषा पनि आजदेखि सरकारी कामकाजको भाषाको रुपमा प्रयोगमा ल्याइएको छ । यो सँगै बागमती प्रदेश सरकारले सरकारी कामकाजी भाषा ऐन कार्यान्वयन भएको छ । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

गत २०८० असोज २२ मा बागमती प्रदेशसभाबाट ’प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ पारित गरिएको थियो भने कार्तिक २३ गतेका दिन प्रदेश राजपत्रमा प्रकाशित भएको थियो । राजपत्रमा प्रकाशित भएको १८० औँ दिनमा ऐन कार्यान्वयनमा जाने कानुनी व्यवस्था रहेकाले सोही अनुसार वैशाख २४ (आज)बाट ऐन कार्यान्वयनको घोषणा गरेको हो । उक्त ऐनले नेपाल र तामाङ भाषालाई सरकारी कामकाजी भाषाको रूपमा प्रयोग गर्ने व्यवस्था गरेको छ ।

गत बुधबार (२०८१ वैशाख १२ गते) बसेको मन्त्रिपरिषद बैठकले नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषामा सरकारी कार्यालयका बोर्ड लेख्नुपर्ने निर्णय गरेको थियो। भने २४ वैशाखमा सरकारी कामकाजको भाषा शुभारम्भ गर्ने निर्णय समेत गरेको थियो ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800