शिक्षामन्त्री सुमना श्रेष्ठको निर्देशनमा घातक रोग लागेर उपचाररत बाहेक सबै शिक्षकको काज फिर्ता

Logo
Popular News बुधबार, बैशाख २६, २०८१

काठमाडौँ, २६ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काजमा रहेका सबै शिक्षकहरूको काज फिर्ता गर्ने निर्णय गरेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठको निर्देशनमा घातक रोग लागेर उपचाररतबाहेक देशभरका सबै सामुदायिक विद्यालयमा काजमा कायरत शिक्षकहरूको काज फिर्ता गर्ने निर्णय गरेको हो ।

मंगलबार शिक्षा मन्त्रालयको सचिवस्तरीय निर्णयबाट सबै शिक्षकहरूको काज सरुवा फिर्ता गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयमा शिक्षकहरूलाई विभिन्न अनावश्यक र अस्वाभाविक निकायहरूमा काजमा राखिएको र त्यसले अध्ययन अध्यापनमा समस्या परेको गुनासो आएपछि शिक्षामन्त्री सुमना श्रेष्ठले घातक रोग लागेका बाहेक सबै काज फिर्ता गर्ने निर्णय गरी यथाशीघ्र कार्यान्वयन गर्न निर्देशन दिएकी थिइन् ।

शिक्षकहरूलाई अध्ययन अध्यापन बाहेक अन्य कार्यमा लगाउन नहुने आवाज उठ्दै आएको छ । विभिन्न शिक्षक संगठनमा आबद्ध शिक्षकहरु काज मिलाए काठमाडौँमा बस्ने र उनीहरूले कामै नगरेर तलब खाँदै आएका छन् ।

शिक्षा मन्त्रालयले विभिन्न राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई कारबाही गर्न निर्देशन दिएको छ । सोही आधारमा देशभरबाट दलका विभिन्न पदमा आबद्ध शिक्षकहरूले राजीनामा दिँदै आएका छन् ।

 

 

प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

छिटै आउदै छ

सम्पर्क

025-566800