बराहक्षेत्रमा लागूऔषध ट्याब्लेट र क्याप्सुलसहित एक जना पक्राउ

Logo
Popular News शुक्रबार, आश्विन २३, २०८३

इनरुवा, २३ असोज । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नडाहा चोकबाट लागूऔषध ट्याब्लेट, क्याप्सुल र मोटरसाइकलसहित एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहीबार दिउँसो कान्छीचोकबाट उदयपुरतर्फ जाँदै गरेको प्रदेश ३–०२–००३ प २५९३ नम्बरको मोटरसाइकललाई शंका लागेर रोक्ने क्रममा मोटरसाइकल चालक फरार भएका थिए।

मोटरसाइकलमा पछाडि सवार बराहक्षेत्र नगरपालिका–३ का ३० वर्षीय अनुश मगरलाई चेकजाँच गर्दा उनको साथबाट DICYCLOMINE नामक १ हजार ३ सय ९० ट्याब्लेट र TRAMADOL नामक १ हजार ३ सय ९० क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले लागूऔषध र मोटरसाइकलसहित मगरलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखी थप अनुसन्धान गरिरहेको छ। फरार मोटरसाइकल चालकको पहिचान तथा खोजी कार्यसमेत भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800