कोशीमा एमाले र माओवादी केन्द्रले सरकार गठन गर्न आज दाबी पेश गर्ने तयारी

मुख्यमन्त्री केदार कार्की सरकार गठनको आव्हान विरुद्ध सर्वोच्च जाने
Logo
Popular News बिहिबार, बैशाख २७, २०८१

विराटनगर, २७ बैशाख । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार राति साढे १० बजे नयाँ सरकार गठनको आह्वान गरेका छन् । भने मुख्यमन्त्री केदार कार्कीले यो सरकार गठनको आव्हान विरुद्ध सर्वोच्च अदालतमा अन्तरिम आदेश माग गर्दैै रिड निवेदन दिने तयारी गरेका छन् ।

मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिएपछि बुधबार दिनभर एमाले र माओवादीको सकृयताले नयाँ सरकार गठनको लागि आह्वान भएको हो ।

‘नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम माननीय केदार कार्कीको नेतृत्वमा मिति २०८०।०६।२७ गते गठन भएको कोशी प्रदेश सरकारलाई कोशी प्रदेश सभाका बहुमत सदस्यहरूको विश्वासको मत प्राप्त भएकोमा मिति २०८०।१२।२६ गते कोशी प्रदेशसभाका ५२ जना सदस्यहरूले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको सम्बन्धी निवेदन पत्र प्राप्त भएको र कोशी प्रदेशसभा सचिवालयको च.नं. ३३५, मिति २०८१।०१।१० गतेको पत्रमार्फत कोशी प्रदेशसभामा पेस भएको सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको साथै उक्त सचिवालयको च.नं. ३५०, मिति २०८१।०१।२६ गतेको पत्रमार्फत संवैधानिक व्यवस्था बमोजिम समर्थन फिर्ता लिएको तीस दिनभित्र प्रदेशसभाबाट मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्ने सम्बन्धी कुनै प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता हुन नआएको जानकारी प्राप्त भएको हुँदा माननीय प्रदेश प्रमुखज्यूले नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गर्नका लागि कोशी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने कोशी प्रदेश सभाका कुनै सदस्यलाई मिति २०८१ साल वैशाख २८ गते शुक्रबार अपरान्ह ५ः०० बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गर्नुभएको छ,’ प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सोही आह्वान अनुसार प्रदेशको नवौं सरकार र प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ सरकार गठन हुने भएको छ । भने मुख्यमन्त्री केदार कार्कीले यो सरकार गठनको आव्हान विरुद्ध सर्वोच्च अदालतमा अन्तरिम आदेश माग गर्दैै रिड निवेदन दिने तयारी गरेका छन् ।

यसैबिच नयाँ सरकार गठनको आह्वान अनुसारआज बिहान १० बजेसम्ममा नयाँ मुख्यमन्त्रीको दाबी प्रस्तुत गर्दै एमाले र माओवादी प्रदेश प्रमुखसमक्ष जाने तयारी गरेका छन् । संविधानको धारा १६८ को उपधारा ५ अनुसारकै सरकार गठनको आह्वान भएको हुँदा दिउँसो सबै सांसदको सनाखत गर्ने प्रदेश प्रमुखको कार्यालयको तयारी रहेको छ ।

एमाले नेताहरूका अनुसार प्रदेश प्रमुखले सनाखत गरेर बिहीबार नै नयाँ मुख्यमन्त्रीको रूपमा हिक्मतकुमार कार्कीलाई नियुक्ति गर्ने र शपथग्रहण गराउने तयारी गरेका छन ।

प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

छिटै आउदै छ

सम्पर्क

025-566800