

इनरुवा, १८ असार । इनरुवा नगरपालिका भित्रका सामुदायीक विधालयहरु मध्ये एसईई परिक्षाको नतिजा अनुसार सरस्वती माध्यमिक विधालय बवियाले उर्तिण विधार्र्थीको प्रतिशतको आधारमा प्रथम स्थान ल्याउन सफल भएको छ । सरस्वती माध्यमिक विधालयबाट ७९ जना विधार्थी परिक्षामा सहभागी भएकोमा ५४ जना उर्तिण भएको छ । जस अनुसार ७८.२६ प्रतिशत विधार्थी उर्तिण भएको हो ।
बालमंन्दिर मावि ७५.२७ प्रतिशत, जनता मावि मधेशा ७२.७३ प्रतिशत र नेराहरी मावि चाँदवेला ७० प्रतिशत विधार्थी उतिर्ण गराई क्रमश दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्न सफल भएको छ भने शरदा मावि बलहा ५७.२२ प्रतिशत, भगवति मावि ४४.६२ प्रतिशत, त्रिभुवन मावि ३३.७७ प्रतिशत विधार्थी उर्तिण भएका छन । सवैभन्दा कमजोर इनरुवा २ मा रहेको राजाजी रामजी माविको नतिजा देखिएको छ । त्यस विधालयमा २२.२२ प्रतिशत विधार्थी मात्र उर्तिण भएका छन ।
इनरुवा नगरपालिका भित्रका सामुदायीक विधायलयहरु मध्ये प्रथम स्थान ल्याउन सफल भएका सरस्वती माविले उत्कृष्ट अंक ल्याउने छात्राहरुलाई सम्मान गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यदुनन्दन यादवका अनुसार उत्कृष्ट नतिजा ल्याउने तीनजना छात्राहरू किरण कुमारी यादव (३.८२ जिपिए) , कृति कुमारी गुप्ता (३.७८ जिपिए) र मधु कुमारी यादव (३.७४ जिपिए) लाई सम्मान गरिएको छ ।
त्यसै परिक्षामा सहभागी भएका शतप्रतिशत विधार्थी उर्तिण हुने बिषयका शिक्षकहरु पनि सम्मानीत भएका छन । सम्वन्धीत बिषयमा शत प्रतिशत नतिजा ल्याउन सफल शिक्षकहरू उमेश प्रसाद यादव (अंग्रेजी), श्याम प्रसाद साह (सामाजिक), विष्णुप्रसाद उपाध्याय (ऐच्छिक गणित) र रमेश कुमार चौधरी (लेखा) रहेका छन ।
इनरुवा नगरपालिका भित्र ८ वटा सामुदायीक विधालयका विधार्थीहरु २०८१ को एसईई परिक्षामा सहभागी भएका थिए ।