बिहारसँग जोडिएको सीमा नाका तीन दिनका लागि बन्द हुने

Logo
Popular News शनिबार, कार्तिक २३, २०८२

इनरुवा, २२ कार्तिक । बिहार विधानसभाको दोस्रो चरणको निर्वाचन हुने भएकाले नेपाल–भारत सीमा नाका तीन दिनका लागि बन्द गरिने भएको छ। आज ९शनिबार० साँझ ६ बजेदेखि मंगलबार साँझसम्म नेपालसँग जोडिएका बिहार राज्यका सीमा नाकाहरु बन्द रह्ने छन्।

अररिया जिल्लाका जिल्ला अधिकारी र प्रहरी अधीक्षकले संयुक्त रूपमा आदेश जारी गर्दै नाका बन्द गर्ने सूचना सार्वजनिक गरेका हुन्। बिहारमा नोभेम्बर ११ ९कात्तिक २५ गते० हुने निर्वाचनलाई लक्षित गरी सुरक्षात्मक व्यवस्था सुदृढ बनाउन सीमा नाका बन्द गर्ने निर्णय गरिएको जनाइएको छ।

यसअघि नेपाल र भारत दुबै पक्षका प्रशासकहरूबीच भएको संयुक्त बैठकमा निर्वाचन सुरक्षामा सहयोग गर्न नाका बन्द गर्ने सहमति भएको थियो।
खुला रूपमा प्रयोग हुँदै आएका सीमा नाका बन्द भए पनि अत्यावश्यक काम वा यात्राका लागि सम्बन्धित निकायको स्वीकृतिमा मात्र आवागमन गर्न पाइने छ।

निर्वाचन अवधिभर अररिया, फोर्बिसगन्ज, नरपतगञ्ज, जोकिहाट, सिकटी र पलासी क्षेत्रका नाकामा कडा निगरानी रहने बताइएको छ। स्थानीय प्रशासनले शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न दुबै देशका नागरिकलाई सहयोग गर्न आग्रह गरेको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800