सुनसरीमा तीनदिने जिल्लास्तरीय कृषक तालिम सम्पन्न ।

Logo
धीरेन्द्र नारायण मण्डल शनिबार, कार्तिक ३०, २०८२

इनरुवा, २९ कार्तिक । कृषि ज्ञान केन्द्र सुनसरीले कार्तिक २६ गतेदेखि २८ गतेसम्म जिल्ला स्तरीय खाद्यान्न तथा फलफुल उत्पादन प्रविधि सम्बन्धी तीनदिने कृषक तालिम आयोजना गरी सम्पन्न गरेको छ ।
आधुनिक कृषि प्रणाली, उत्पादन प्रविधि र व्यावहारिक परीक्षणबारे विस्तृत जानकारी दिन उद्देश्य राखिएको उक्त तालिममा जिल्लाका विभिन्न ठाउँबाट आएका कृषकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

तालिममा सहभागी कृषकहरूले माटो व्यवस्थापन, बीउ उत्पादन, रोग–किरा पहिचान, जैविक र रासायनिक मलको सही प्रयोग, आधुनिक सिंचाइ प्रणाली, फलफुल बगैंचा व्यवस्थापन, उत्पादन वृद्धि गर्ने वैज्ञानिक तरिका, बजार व्यवस्थापनलगायत विषयमा विशेषज्ञहरूसँग प्रत्यक्ष सिक्ने अवसर पाए । प्रशिक्षणलाई सहभागीले अत्यन्त उपयोगी र व्यवहारमै लागू गर्न सकिने किसिमको रहेको प्रतिक्रिया दिएका छन् ।


कार्यक्रमको समापन समारोहमा कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख निलकमल सिंहले कृषकहरूको सक्रियता र ज्ञानप्रतिको अभिरुचीको प्रशंसा गर्दै कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएसँगै किसानहरूको सीप अभिवृद्धि अत्यावश्यक रहेको बताउनुभयो । उहाँले तालिमले कृषकहरूलाई उत्पादन प्रणाली सुधार, लागत घटाउने तरिका र आय वृद्धि गर्ने उपायबारे स्पष्ट मार्गदर्शन दिएको उल्लेख गर्दै सहभागी सबैलाई सम्मान–प्रमाणपत्र वितरण गर्नुभयो ।

सिंहका अनुसार नेपालजस्तो कृषि–प्रधान देशमा किसानलाई समय–समयमा प्रविधिमूलक तालिम प्रदान गर्नु नै उत्पादन वृद्धि र ग्रामीण जीवनस्तर सुधार गर्ने प्रमुख आधार हो । तालिमपछि सहभागी कृषकहरूले सिकेको ज्ञान आफ्नै खेतबारीमा लागू गरेर उत्पादन र आम्दानी बढाउने लक्ष्य व्यक्त गरेका छन् ।

कृषि ज्ञान केन्द्रले आगामी दिनमा पनि जिल्लाका कृषकको आवश्यकताअनुसार थप व्यावहारिक तथा सीपमूलक तालिम सञ्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800