हरिनगरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

Logo
Popular News मंगलबार, पुष ०८, २०८२

इनरुवा, ८ पुस । सुनसरीको हरिनगर गाउँपालिका–१ रामनगर भुटाहा स्थित मदरसा इजहारुल उलुस चपडाहीको गेट नजिक मोटरसाइकलको ठक्करबाट घाइते भएका दुई जनामध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।

दुर्घटनामा घाइते दुवैलाई उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगिएको थियो । उपचारकै क्रममा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको हालसम्म पहिचान खुलेको छैन।

दुर्घटनामा संलग्न मोटरसाइकल हरिनगर गाउँपालिका–१ रामनगर भुटाहाका निसान अंसारीले चलाएको प्र.१–०२–०४८ प ८०५५ नम्बरको रहेको जनाइएको छ।

स्थानीयका अनुसार पहिचान नखुलेका व्यक्तिको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800