उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच चुनावी एकता

Logo
Popular News बुधबार, पुष ०९, २०८२

काठमाडौं, ९ पुस । उज्यालो नेपाल पार्टी (उनेपा) र सर्वोदय पार्टी (सपा)बीच चुनावी एकता भएको छ। बुधबार काठमाडौंमा आयोजित संयुक्त कार्यक्रममा दुई दलले औपचारिक रूपमा चुनावी एकताको घोषणा गरेका हुन्।
दुवै पार्टीले आपसी सहमतिअनुसार उज्यालो नेपाल पार्टीको चुनाव चिह्न ‘बलेको चिम’ प्रयोग गरी संयुक्त रूपमा आगामी निर्वाचनमा सहभागी हुने निर्णय गरेका छन्।

उनेपाका अध्यक्ष अनुपकुमार उपाध्याय र सपाका अध्यक्ष दीपककुमार साहबीच चुनावी एकताको सहमतिमा हस्ताक्षर भएको हो। ऊर्जा मन्त्री कुलमान घिसिङसमेत संरक्षक रहेको दाबी गरिएको उज्यालो नेपाल पार्टी गत मंसिर १७ गते औपचारिक रूपमा घोषणा गरिएको थियो।
यसैगरी, जनमत पार्टी विभाजनपछि दीपककुमार साहले जनस्वराज पार्टी गठन गरेका थिए। सोही पार्टी पछि निर्वाचन आयोगमा सर्वोदय पार्टीका रूपमा दर्ता भएको हो।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800