निर्वाचन आचारसंहिता–२०८२ स्वीकृत, माघ पहिलो साताबाट लागु हुने

Logo
Popular News आइतबार, पुष १३, २०८२

काठमाडौँ, १३ पुस। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ स्वीकृत गरेको छ ।

आयोगको आइतबार बसेको बैठकले आचारसंहिता पारित गरेको हो ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार स्वीकृत आचारसंहिता माघको पहिलो साताबाट कार्यान्वयनमा जानेछ । आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन हुँदैछ ।

यसअघि आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा तयार गरी सरोकारवालासँग राय–सुझाव मागेको थियो । प्राप्त सुझावहरूलाई समेटेर आचारसंहिता अन्तिम रूप दिइएको आयोगले जनाएको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले भने, “पहिले सचेतनामूलक मोडलमा आचारसंहिता हुन्थ्यो, अहिले कारबाही केन्द्रित मोडलमा ल्याइएको छ । कार्यान्वयनको समय भने अघिल्ला निर्वाचनझैँ ५०–५५ दिनअघि नै लागु हुन्छ ।”

उनले आचारसंहिता तत्काल लागू गर्दा सरकारका नियमित कामकारबाहीमा असर पर्न सक्ने भएकाले त्यसलाई समेत ध्यानमा राख्दै माघको पहिलो साताबाट लागू गर्ने निर्णय गरिएको जानकारी दिए ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800