मन्त्रिपरिषद्को पहिलो बैठक: कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय

Logo
Popular News शुक्रबार, चैत्र १३, २०८२

इनरुवा, १३ चैत। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले चारवटा मुख्य निर्णय सार्वजनिक गरेको हो।

बैठकले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई सरकारको प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको छ।

सरकारका निर्णय सार्वजनिक गर्दै प्रवक्ता पोखरेलले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन तथा यसअघि भएका विभिन्न आन्दोलनमा वीरगति प्राप्त गरेका सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्ने निर्णय गरिएको जानकारी दिए।

त्यस्तै, बैठकले शासकीय सुधारका लागि तयार पारिएको ‘१०० कार्यसूची’ स्वीकृत गरेको छ। उक्त कार्यसूची भोलिसम्म सार्वजनिक गरिने उनले बताए।

यसैबीच, भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले सरकारसमक्ष पेस गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800