मुसहर बस्तीका ३७ परिवारका लागि घर निर्माण गरिने

Logo
Popular News आइतबार, चैत्र १५, २०८२

इनरुवा, १५ चैत । सुनसरीको इनरुवा–३ स्थित मुसहर बस्तीका ३७ परिवारका लागि नयाँ घर निर्माण गरिने भएको छ। आज इनरुवा नगरपालिका र छिमेक समाज सेवा संस्था बीच सम्झौता भएको हो।

सम्झौताअनुसार छिमेक समाज सेवा संस्थाले घर निर्माणको कार्य गर्नेछ भने इनरुवा नगरपालिकाले खानेपानी व्यवस्था, माटो पुर्ने तथा गेट निर्माण गर्ने जिम्मेवारी लिनेछ। साथै स्थानीय बासिन्दाले श्रमदानमार्फत सहयोग गर्नेछन्।

सम्झौतामा नगरपालिकाको तर्फबाट नगर प्रमुख केदार भण्डारी र संस्थाको तर्फबाट अध्यक्ष रामचन्द्र जोशीले हस्ताक्षर गरेका छन्।

नगर प्रमुख भण्डारीका अनुसार यस पहलले मुसहर बस्तीका परिवारहरूको आवासीय अवस्था सुधार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800