निशा मेहताद्धारा खानेपानी मन्त्रालयमा पदभार ग्रहण

Logo
Popular News आइतबार, चैत्र १५, २०८२

इनरुवा, १५ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले आज खानेपानी मन्त्रालयमा पनि पदभार ग्रहण गरेकी छन्।

नवगठित सरकारले उनलाई दुवै मन्त्रालयको जिम्मेवारी दिएको भए पनि प्रारम्भमा उनले केवल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मात्र पदभार सम्हालेकी थिइन्।

सरकारले स्वास्थ्य तथा जनसंख्या र खानेपानी मन्त्रालयलाई एउटै मन्त्रालय बनाउने योजना अघि बढाएको छ।

संघीय सरकारले मन्त्रालयहरूको संख्या १७ बनाउने तयारी गरेको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800