सुनसरीको कोशी कटानमा दर्जनौँ पसलमा आगजनी, तोडफोड र लुटपाट : सुरक्षाकर्मी मुखदर्शक बनेको स्थानीयको दाबी

Logo
Popular News मंगलबार, साउन १२, २०८३

इनरुवा, १२ साउन । सुनसरीको कोशी गाउँपालिका–४ स्थित कोशी कटान क्षेत्रमा रहेका हिन्दु समुदायका व्यवसायीहरूको दर्जनौँ पसलमा आगजनी, तोडफोड तथा लुटपाट भएको छ। घटनाका क्रममा खटिएका सुरक्षाकर्मी मुखदर्शक बनेको स्थानीयको दाबी छ।

स्थानीयका अनुसार करिब ५०० भन्दा बढी व्यक्तिको समूहले कोशी कटान क्षेत्रमा रहेका व्यवसायीका पसलमा आगजनी, तोडफोड र लुटपाट गरेको हो। आगलागी भइरहेका बेला सुरक्षाकर्मी घटनास्थलमै रहे पनि मुखदर्शक बनेको र दमकल बोलाउन आग्रह गर्दा समेत प्रभावकारी समन्वय नगरेको स्थानीयको आरोप छ।

स्थानीय अरुण मण्डलका अनुसार घटनामा पसलमा काम गर्ने विरेन्द्र माझी गम्भीर घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको बताइएको छ।

स्थानीयले सरजुग यादव, अनिल महत्मान, उपेन्द्र मण्डल, सकलदेव यादव, राजकुमार यादव, सदानन्द यादव, रणकुमार श्रेष्ठलगायत व्यवसायीका पसलमा आगजनी, तोडफोड तथा लुटपाट भएको दाबी गरेका छन्। घटनाका क्रममा नगद तथा पसलमा रहेका सामानसमेत लुटिएको स्थानीयको भनाइ छ।

पीडित व्यवसायीहरूका अनुसार आगलागी र लुटपाटका कारण लाखौँ रुपैयाँ बराबरको नगद तथा जिन्सी सामान नष्ट भएको छ। उनीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा भएको क्षतिको उचित क्षतिपूर्तिको माग गरेका छन्।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800