इनरुवा, १३ साउन । सुनसरी जिल्ला अदालतले आजका लागि सम्पूर्ण न्यायिक तथा प्रशासनिक सेवा बन्द रहने जनाएको छ।
अदालतले बुधबार सूचना जारी गर्दै सुनसरी जिल्लाका विभिन्न स्थानीय तहमा जारी अनिश्चितकालीन कर्फ्युका कारण अदालतका सबै न्यायिक तथा प्रशासनिक कार्य स्थगित गरिएको जानकारी दिएको हो।
सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा जारी आदेशअनुसार मंगलबार राति ९ बजेदेखि इटहरी, इनरुवा लगायत १० स्थानीय तहमा अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु लागू गरिएको छ।
कर्फ्युका कारण सेवाग्राही, कानुन व्यवसायी तथा अदालतका कर्मचारीहरूको आवतजावत प्रभावित हुने भएकाले अदालतको सेवा बुधवारका लागि बन्द गरिएको अदालतले जनाएको छ।
