कप्तानगञ्ज गोलीकाण्ड छानबिन समिति घटनास्थलमा, अनुसन्धान सुरु

Logo
Popular News बुधबार, साउन १३, २०८३

इनरुवा, १३ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्डको छानबिन गर्न गृह मन्त्रालयद्वारा गठित उच्चस्तरीय समिति बुधबार घटनास्थल पुगेको छ।

सहसचिवको नेतृत्वमा रहेको समितिले घटनास्थलको सूक्ष्म अध्ययन गर्दै प्रमाण संकलन, घटनास्थलको निरीक्षण तथा सम्बन्धित पक्षसँग आवश्यक जानकारी लिने काम सुरु गरेको जनाएको छ।

समितिले घटनास्थलको अवस्थाको विस्तृत अध्ययनसँगै स्थानीयवासी, सुरक्षा निकाय तथा प्रत्यक्षदर्शीसँग छलफल गरी घटनाको वास्तविकता पत्ता लगाउने उद्देश्यका साथ अनुसन्धान अघि बढाएको छ। छानबिनपछि तयार हुने प्रतिवेदन गृह मन्त्रालयमा पेश गरिने जनाइएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800