कप्तानगञ्ज गोलीकाण्ड छानबिन समितिमा दुई सदस्य थप

Logo
Popular News बुधबार, साउन १३, २०८३

काठमाडौँ, १३ साउन । सरकारले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्ड घटनाको छानबिन गर्न गठन गरिएको समितिमा थप दुई जना सदस्य थप गरेको छ।

गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गर्दै ब्यालिस्टिक तथा फरेन्सिक परीक्षणको जिम्मेवारीसहित प्रहरी निरीक्षक दीपेश अवस्थी र प्रहरी उपरीक्षक मोहनसिंह धामीलाई समितिको सदस्यका रूपमा थप गरेको हो।

मन्त्रालयले समितिलाई घटनाको निष्पक्ष छानबिन गरी यथाशीघ्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको जनाएको छ।

यसअघि सोमबार गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो। थप दुई सदस्य नियुक्त भएसँगै समितिले प्राविधिक तथा वैज्ञानिक आधारमा अनुसन्धानलाई तीव्र बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800