कप्तानगञ्ज गोलीकाण्डमा घाइते जयप्रकाश मेहताको उपचारका क्रममा मृत्यु

Logo
Popular News बिहिबार, साउन १४, २०८३

इनरुवा, १४ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गत आइतबार प्रहरीको गोली लागेर गम्भीर घाइते भएका २७ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएको छ। उनको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको अवस्थामा बिहीबार दिउँसो निधन भएको हो।

अस्पताल प्रशासनका भारत श्रेष्ठका अनुसार उपचारकै क्रममा बिहीबार दिउँसो मेहताको मृत्यु भएको हो।

जयप्रकाश मेहताको पेटमा गोली लागेको थियो। गत सोमबार उनको शल्यक्रिया गरिएको भए पनि स्वास्थ्य अवस्था अत्यन्त गम्भीर रहेकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। हाल उनको शव न्युरो अस्पतालमै राखिएको छ।

यसअघि सोही घटनामा गोली लागेर गम्भीर घाइते भएका देवानगञ्ज गाउँपालिका–४ का २५ वर्षीय ओमप्रकाश मेहताको उपचारका लागि अस्पताल पुर्‍याइएलगत्तै आइतबार राति १०:४० बजे मृत्यु भएको थियो। प्रहरीका अनुसार उनको शव पनि हालसम्म अस्पतालमै रहेको छ।

जयप्रकाश मेहताको मृत्युसँगै कप्तानगञ्ज गोलीकाण्डमा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800