देवानगञ्ज कार्यपालिकाको निर्णय : मृतकलाई शहीद घोषणा गर्न सिफारिस, परिवारलाई १० लाख राहत

Logo
Popular News बिहिबार, साउन १४, २०८३

इनरुवा, १४ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिकाको कार्यपालिका बैठकले कप्तानगञ्ज गोलीकाण्डका मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने तथा मृतकलाई शहीद घोषणा गर्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको गाउँ कार्यपालिकाको दोस्रो बैठकले गोलीकाण्डका मृतकका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ, स्थायी रूपमा अपाङ्गता भएका घाइतेलाई २ लाख रुपैयाँ र सामान्य घाइतेलाई ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो।

गाउँपालिका अध्यक्ष वेचन प्रसाद मेहताले बैठकका निर्णय सार्वजनिक गर्दै राहत रकम गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट उपलब्ध गराइने जानकारी दिए। साथै, घटनामा मृत्यु भएकालाई शहीद घोषणा गर्न नेपाल सरकारसमक्ष औपचारिक सिफारिस गर्ने निर्णय पनि गरिएको उनले बताए।

गत आइतबार देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको प्रहरी गोलीकाण्डमा गोली लागेर गम्भीर घाइते भएका देवानगञ्ज गाउँपालिका–४ का २५ वर्षीय ओमप्रकाश मेहता र २७ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएको थियो।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800