रसुवा बाढीपहिरो : सुनसरी प्रशासनले हराएका र सम्पर्कमा आएका व्यक्तिको विवरण सार्वजनिक

जम्मा २१ जना बेपत्ता रहेकोमा ६ जना सम्पर्कमा आएको जिल्ला प्रशासन कार्यालय सुनसरीको जानकारी
Logo
Popular News शुक्रबार, भाद्र १९, २०८३

इनरुवा, १९ भदौ । रसुवामा आएको बाढीपहिरोपछि सम्पर्कविहीन भएका सुनसरीका व्यक्तिहरूमध्ये ६ जना सम्पर्कमा आएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।

प्रशासनका अनुसार रसुवा बाढीपहिरोमा सुनसरीका जम्मा २१ जना बेपत्ता भएको विवरण प्राप्त भएको थियो। तीमध्ये ६ जना परिवार तथा आफन्तको सम्पर्कमा आएका छन् भने अझै १५ जना सम्पर्कविहीन रहेको प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले बाढीपहिरोपछि हराएका तथा सम्पर्कमा आएका व्यक्तिहरूको विवरण संकलन गरी सार्वजनिक गरिरहेको जनाएको छ। प्रशासनले सम्पर्कविहीन व्यक्तिबारे कुनै जानकारी प्राप्त भएमा सम्बन्धित परिवार, स्थानीय तह वा प्रशासन कार्यालयलाई जानकारी गराउन आग्रह गरेको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800