इनरुवा, ३ असोज । गोली लागेर गम्भीर घाइते भएका देवानगञ्ज गाउँपालिका–१ का निरज यादवको विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
देवानगञ्ज–१ स्थित लक्ष्मीनारायण मन्दिर अगाडि शनिबार साँझ गोली चल्दा यादवको तिघ्रामा गोली लागेको थियो। घटनालगत्तै उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको हो।
अस्पतालमा यादवको चिकित्सकको निगरानीमा उपचार भइरहेको बताइएको छ। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ।