सुनसरी–२ कांग्रेसको मतदान अर्को सूचना जारी नभएसम्मका लागि स्थगित

Logo
Popular News बिहिबार, आश्विन १५, २०८३

इनरुवा, १५ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नम्बर २ मा क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयनका लागि भइरहेको मतदान प्रक्रिया अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ।

मतदान अधिकृतले जारी गरेको सूचनामा विशेष परिस्थितिका कारण निर्वाचन गराउन असमर्थ रहेको जनाउँदै आजको मतदान कार्य अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको उल्लेख गरिएको छ।

उक्त सूचनामा सभापति पदका उम्मेदवारद्वय राजन मेहता र सुदीप अधिकारीले समेत हस्ताक्षर गरेका छन्।

मतदानका क्रममा मतदाताले उम्मेदवारहरूको प्यानल सूचीसहितको चिट बोकेर मतदान गर्न पाउने वा नपाउने भन्ने विषयमा विवाद उत्पन्न भएपछि निर्वाचन प्रक्रिया अवरुद्ध भएको थियो।

विवाद समाधानका लागि भएको छलफलपछि प्यानल सूचीको चिट मतदानस्थलभित्र लैजान नपाउने सर्तमा मतदान पुनः सुरु गर्ने सहमति भएको थियो। तर, त्यसपछि पनि निर्वाचन प्रक्रिया अघि बढ्न नसकेपछि अर्को सूचना जारी नभएसम्मका लागि मतदान स्थगित गर्ने निर्णय गरिएको हो।

मतदान स्थगित भएपछि क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयनको निर्वाचन कहिले हुने भन्ने विषय अन्योलमा परेको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800