धरानमा ट्रामोल र डिकोलिकसहित तीन जना पक्राउ

Logo
Popular News बुधबार, आश्विन २१, २०८३

इनरुवा, २१ असोज । सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित एन्फा एकेडेमी जाने बाटोबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार बुधबार राति करिब १०ः१० बजे उक्त क्षेत्रमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआईटी, इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय धरानबाट संयुक्त टोली खटिएको थियो।

प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा ट्रामोल ८ सय क्याप्सुल र डिकोलिक ८ सय ट्याब्लेट फेला पारेको जनाएको छ।

पक्राउ पर्नेमा धरान–४ का २७ वर्षीय अर्जुन श्रेष्ठ, धरान–७ का ३६ वर्षीय दिपक मगर र धरान–१५ का ३४ वर्षीय बाबुराम बयलकोटी रहेका छन्।

उनीहरूलाई बरामद लागूऔषधसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800